८ कार्तिक २०८३, आइतबार

आज वर्षा र हिमपातकाे सम्भावना, बुधबार देशभर पानी पर्ने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव रहेको  छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।