आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बेलायती महारानीको ‘हत्या प्रयास’ को भिडियोबारे अनुसन्धान जारी

दैनिक नेपाल २०७८ पुष १३ गते ८:२१

बेलायत, १३ पुस । क्रिसमसमा विंडसर कैसलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।

यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिएर उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।

भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य बेलायती महारानी एलिजाबेथको हत्या गरेर बदला लिने भएको बताएको थियो ।

प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे ।

बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ । १९ वर्षीय संदिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ ।

महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर कैसलमा थिइन् उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी हुनु थियो ।

प्रतिक्रिया
सम्बन्धित