
काठमाडौँ, १२ पुस । नेपाली काँग्रेसले १६ जिल्लामा अधिवेशनको मिति तोकेको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो । महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो ।
निर्वाचन हुन बाँकी रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव केशव रिजालले जनाएका छन् ।













प्रतिक्रिया