१९ कार्तिक २०८३, बिहिबार

विदेश जानेलाई यी स्थानमा लगाइँदैछ जोनसन खोप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जान व्यक्तिलाई कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउने व्यवस्था मिलाएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने सबैलाई जोनसन एण्ड जोनसन खोप लगाइने जनाएको हो ।

विदेश जानेले काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।

जोनसन एण्ड जोनसन खोप एक पटक मात्रै लगाउँदा हुन्छ । त्यस्तै, खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य लिएर जानुपर्ने छ ।