१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूहमा छलफल हुने भएको छ ।

ति २५ वटै समूहका संयोजकहरु पनि तोकिएका छन् । जसअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईं रहेका छन् ।

त्यस्तै, सल्लाहकार समितिको दुईवटा समूहको संयोजकमा नन्दकुमार थापा तोकिएका छन् । त्यसैगरी, सातवटा भौगोलिक प्रदेशको पनि दुई दुई वटा समूह बनाइएको छ ।

प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, वागमतीको संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णलीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् ।

प्रवास समितिको समूह संयोजकमा लक्ष्मण पन्त, केन्द्रीय विभागहरुको दुई समूह बनाई संयोजकमा मायाप्रसाद शर्मा तोकिएका छन् । विशेष प्रदेश समूह संयोजकमा जगत शिंखडाले जिम्मेवारी पाएका छन् ।

सम्पर्क समन्वय प्रदेश समूहको संयोजकमा श्रीकृष्ण अधिकारी, पार्टीका सबै आयोगहरुको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ संयोजक तोकिएका छन् ।

जनवर्गीय मोर्चाहरुको समूहको संयोजकमा अमृता थापा तोकिएकी छन् ।