मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

मिसेस नेपाल वर्ल्डमा मधेसको प्रतिनिधित्व गर्दै माधुरी

दैनिक नेपाल २०७८ पुष १२ गते १०:२७

काठमाडौं, १२ पुस । पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा मिसेस वर्ल्ड नेपालको ग्राण्ड फिनाले आयोजना हुँदै छ ।

यो वर्षबाट नेपालबाट विजेता हुने सुन्दरीले मिसेस वर्ल्डमा सहभागिता जनाउने छन् । मिसेस् इन्टरनेसनल नेपाल सँगै एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।

मिसेस नेपाल वर्ल्ड २०२१को ग्राण्ड फिनालेमा माधुरी कर्ण प्रतियोगी नम्बर ७ को रूपमा सहभागी भएकी छन् । जनकपुरमा जन्मिएकी माधुरी आफूले वीरगन्जको समेत प्रतिनिधित्व गर्ने गरेको बताउँछिन् । समग्र मधेसी महिलाको प्रतिनिधित्व गरेर आवाज बन्ने सोचसहित उनी मिसेस नेपालको प्रतियोगीको रूपमा सहभागी छन् ।

‘महिला माथि विभेद हुने गरेको छ । अझ हाम्रो समुदायमा त अवस्था झन् दयनीय छ । यही विषयमा म महिलाको आवाज बन्ने सपना बोकेर सहभागी भएकी छु,’ उनी भन्छिन् । भारतको बेंगलोरबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी उनी एक प्रतिष्ठित कम्पनीमा व्यवसाय विकास व्यवस्थापकको रूपमा कार्यरत छिन् । परिवारको साथ कै कारण उनी सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछिन् ।

एक महिना सम्म चल्ने प्रतियोगिताको प्रशिक्षणमा सहभागी छिन् अहिले उनी । यो प्रशिक्षणले आफुलाई अझ निखार्न सहायता मिलेको उनको बुझाई छ । उनले आफ्नो जितका लागि भोट गरेर विजेता बनाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित