
काठमाडौं, १२ पुस । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् ।
मध्य कमाण्ड हेडक्वार्टरअन्तर्गत रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको अस्पताल र विद्यालय भवनको हिजो आइतबार आयोजित विशेष कार्यक्रमबीच शिलान्यास गरिएको हो ।
सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रमपश्चात प्रधानसेनापति महारथी शर्माले रुपन्देहीस्थित ऐतिहासिक जितगढी किल्लाको भम्रण गर्नाका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेका थिए ।
साथै, प्रधान सेनापति महारथी शर्माले कास्की जिल्ला, पोखरा, सेतीदोभानस्थित सामुहिक तालिम इलाकाको स्थलगत निरीक्षण गरी तालिमका विविध पक्षहरुका बारेमा जानकारी हासिल गर्नाका अलावा तालिमरत सकल दर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।















प्रतिक्रिया