आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू

दैनिक नेपाल २०७८ पुष १२ गते ८:३७

नयाँ दिल्ली, १२ पुस । कोभिड संक्रमण फेरि बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ ।

कोरानाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आज सोमबारदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने राज्य सरकारको निर्णयमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अंग्रेजी नयाँ वर्षमा होटेल, रेस्टुराँ, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ । पछिल्लो समय नेपालमा पनि विस्तारै कोरोना संक्रमित बढ्न थालेका छन् ।

भारतमा कोरोना बढ्दा नेपालमा पनि त्यसको असर देखिने गरेको छ । खुला सिमानाका कारण भारतबाट नेपालमा कोरोना संक्रमण छिटो सर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित