१ कार्तिक २०८३, आइतबार

साका र ओडेगार्ड चम्कदा आर्सनलको सानदार जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । इंग्लिस युवा विंगर बुकायो साकाले दुई गोल तथा नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डले दुई असिस्ट दिएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको नर्विच सिटीमाथि उसकै मैदानमा ५–० को सानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा साकाले दुई गोल गर्दा काइरन टिएरनी, एलेसान्द्र लाकाजेट्ट र इमिल स्मिथ रोवीले समान एक गोल गरे ।

कारो रोड नर्विच नोरफोल्कमा आइतबार राति गोलको वर्षा भएको खेलमा आर्सनलले छैटौ मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो । उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा काइरन टिएरनीले ओडेगार्डकै पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६७औं मिनेटमा साकाले एलेसान्द्रे लाकाजेट्टको पासमा गोल गरेपछि आर्सनल खेलमा ३–० ले अघि बढ्यो । ८४औं मिनेटमा लाकाजेट्टले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनललाई ५–० को सानदार जित दिलाए ।

डिसेम्वर पहिलो साता एभर्टनसँग २–१ ले पराजित भएयता आर्सनलको यो लगातार पाँचौ जित हो । लगातार दोस्रो खेलमा आर्सनलले ५ गोल गर्न सफल भएको छ । नर्विचको भने यो लगातार चौथो हार हो ।

जितपछि चौथो स्थानमा रहेको आर्सनलको १९ खेलबाट ३५ अंक पुगेको छ । पराजित नर्विच १८ खेलबाट १० अंक जोडेर पुछारमा छ ।