
काठमाडौँ, ११ पुस । तीन दिन गृहजिल्लामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार दोस्रो दिन पनि व्यस्त रहेका छन् ।
ओलीको आज विहान दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटनबाट कार्यक्रम अघि बढेको थियो ।
त्यस्तै, अध्यक्ष ओलीले दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गरेका थिए । त्यस्तै साढे १२ बजे दमक ४ मा अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गरेका थिए ।
त्यस्तै, साढे २ बजे शान्ति मार्गबाट निर्माणधीन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन कार्यक्रम रहेको थियो ।
ओलीले निर्माणाधिन क्याम्पस भवनको निरीक्षण गरेका थिए भने अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गरेका थिए । आज पनि ओली आफ्नो निर्वाचन क्षेत्र दमकमै बसेका छन् ।












प्रतिक्रिया