१९ कार्तिक २०८३, बिहिबार

एमालेले तोक्यो प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ ।

केन्द्रीय कमिटी बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशिका जारी गरेका हुन् । जसअन्तर्गत अपानि १ प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड उल्लेख छ ।

एमालेले देशभर एकैदिन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरिसकेको छ ।

यस्ता छन् मापदण्डः

अधिवेशनसम्बन्धी अन्य विषय देहायबमोजिम गर्नेः

– जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएकोपार्टी सदस्यतालाई नैआधार बनाउने ।

– अधिवेशनको लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्था अनुसार सम्बन्धित कमिटीलेतय गर्ने ।

– जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकैअध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने ।

– मौसमी प्रतिकूलताका कारणलेपुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने ।

– जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने ।

– अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने ।

सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने ।

– निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार गर्ने ।

– अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने ।