
काठमाडौँ, ११ पुस । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेका छन् ।
आइतबारदेखि हुने माओवादीको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रचण्डले आफैँ फोन गरेर एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा गरेका हुन् ।
नेकपा विभाजनपछि ओली प्रचण्डबीचको सम्बन्ध समुधर छैन । उता एमालेले आफ्नो महाधिवेशनमा बोलाउँदा प्रचण्ड गएका थिएनन् । तर काँग्रेस महाधिवेशनमा भने ओली प्रचण्डबीच सहजता तथा सुमधुरता देखिएको थियो ।
त्यस्तै, प्रचण्डले शनिबारकाे पत्रकार सम्मेलनमा ओलीसँग भेट्नुपर्छ भन्दै प्रधानमन्त्री समक्ष प्रस्ताव समेत गरेका थिए ।
प्रचण्ड ओलीसँग सम्बन्ध सुधार्न चाहन्छन् भन्ने स्पष्ट देखिन्छ । पछिल्लाे समय पनि सकिन लागेकाे पार्टीलाइ एमालेले साथ दिएपछि उठेकाे थियाे ।
प्रचण्डले फोन गरेर निम्ता गरेपछि अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए ।
माओवादीले उद्घाटन सत्रमा कसैलाई निम्तो नगर्ने भने पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरुका प्रमुखलाई बोलाउने भएको छ । त्यस्तै, आज १ बजेदेखि हुने भनिएको उद्घाटन सत्र ३ बजेदेखि हुने भएको छ ।















प्रतिक्रिया