
काठमाडौँ, ११ पुस । पश्चिम नवलपरासीमा बसले चार जना पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तीनजना घाइते भएका छन् ।
आइतबार बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो ।
रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।
अन्य ३ जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया