
काठमाडौं, १० पुस । ॐ शान्ति धर्मावलम्बी गुरुहरूहरूले कलियुग अन्तिम अवस्था पुगेको बताएका छन् ।
आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुहरूहरूले कलियुग अन्तिम अवस्थामा पुगेर सत्ययुगमा प्रवेश गर्न लागेको समेत दाबी गरेका छन् । पत्रकार सम्मेलनमा राजयोग प्रशिक्षक इन्द्रबहादुर चन्दले विश्व तथा देशभर मानिसहरूमाथि अत्याचार र अन्याय भएको भन्दै दुःख र अशान्ति मेटाउने तरिका परआत्माले मात्रै सिकाउने बताएका छन् ।
उनले मनलाई शान्ति राख्न र सम्पूर्ण समस्या हटाउन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रअन्तर्गत ईश्वरी विश्वविद्यालयमा पुगेर ७ दिनको कोष लिनसमेत आग्रह गरेका छन् । विश्वविद्यालयले ७ दिनको कोषमा सामान्य ज्ञान दिने उनले बताए ।
‘परआत्मा भगवान गीताको दाता, शान्तिको दाता र आत्माको परिचय हुन्, उनले भने, ‘मानिसहरूले निधारमा टीका लगाउनुको अर्थ आत्मा त्यही हुन्छ भन्ने हो । शरीरभित्र हुने आत्मा हो । परआत्मा निकारार हुनुहुन्छ ।’ निधारको बिचमा हुने आत्मालाई कसैले देख्न नसकिने उनको भनाइ छ ।
त्यस्तै राजयोगका सदस्य रमेश थापाले नेपालमा ब्रह्मकुमारीको १ हजारभन्दा बढी संस्थाहरू रहेको जानकारी दिए । उनले पनि कलियुगको आयु लाखौं वर्ष भए पनि अब युग परिवर्तन हुन लागेको बताए । उनले भने, ‘संसार परिवर्तनशील छ, बच्चा, युवा र बृद्धा हुँदै मरेर फेरि जन्म लिन्छौं । त्यस्तै सृष्टिको पनि प्रक्रिया हुन्छ । सृष्टि पनि परिवर्तन हुन्छ ।’
संसारको हालत अहिले कुम्भकर्णजस्तो भएको आरोप लगाउँदै उनले भने, ‘संसार अहिले निद्रामा सुतिरहेको छ । कलियुग अब बच्चा छैन्, अब यो केही वर्षमात्र रहन्छ। कलियुग अन्तिम अवस्थामा पुगेको छ ।’ मानिसहरूमा भएको लोभ, लालच र पापको कारण आज संसारभर समस्या भएको उनले सुनाए ।
आत्मालाई सक्रिय बनाउन परआत्मासँग कनेक्सन गर्न आवश्यक रहेको उनको भनाई थियो । घर, परिवार र आफन्तलाई छाडेर परआत्माको ज्ञान लिन उनले सबैलाई आग्रह गरे । उनले भने, ‘आत्मा एक अजर, अमर र अविनासी रहेको छ ।’















प्रतिक्रिया