१ कार्तिक २०८३, आइतबार

नेपालले उज्वेकिस्तानलाई हरायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनशीपको पुरुषतर्फ नेपालले पहिलो जित दर्ता गरेको छ ।

नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियनशीपमा पहिलो जित दर्ता गरेको हो । गत संस्करणको उपविजेता समेत रहेको उज्बेकिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शनका साथ पुनरागमन जित हासिल गरेको हो ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो शुक्रबार भएको खेलमा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२१ र तेस्रो सेट २५–१८ ले सहजै जितेको नेपालले प्रतिस्पर्धात्मक चौथो सेटमा २५–२३ को जित निकाल्न सफल भयो ।

यसअघि नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।

यसैगरी महिलातर्फ शुक्रबार बिहान नेपालले लगातार दोस्रो जित निकालेको थियो । नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनशीपमा लगातार दोस्रो जित निकालेको हो । यसअघि नेपालले बिहीबार भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको थियो ।