१९ कार्तिक २०८३, बिहिबार

साढे ३० किलो गाँजासहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ९ पुस । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका–२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका–३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् ।

हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको उक्त गाँजा सहित गाडी चालक मण्डल र गाडीमा सवार थारुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर आवश्‍यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।