१९ कार्तिक २०८३, बिहिबार

थप २६० जनामा पुष्टि, ३४९ निको, एकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ६० र एन्टिजेन विधिबाट ३ हजार ८३८ एन्टिजेन परीक्षण गरिएकोमा २६० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २३ हजार १६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १० हजार २७१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ ।

हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।