
काठमाडौँ, ९ पुस । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाल लगातार दोस्रो पटक विजयी बनेको छ ।
शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ सेटमा हरायो ।
दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो ।















प्रतिक्रिया