९ कार्तिक २०८३, सोमबार

शिक्षक सेवा आयोगको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने एमाले नेता साहको माग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने माग गरेका छन् ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन वा खारेज गर्न माग गरेका हुन् ।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ,’ साहले आफ्नो धारणा सार्वजनिक गर्दै हिजो बिहीबार फेसबुकमा लेखेका छन्, ‘प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद संख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य/स्वाभाविक मान्न सकिँदैन ।’

निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुल्ला गरेको छ । तर अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षक मागको संख्या थोरै छ ।