![]()
धनुषा, ९ पुस । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।
सभापति देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।
रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।















प्रतिक्रिया