
काठमाडौँ, ८ पुस । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थीलाई निष्कासित गरिएको छ ।
मंगलबार स्नाक तह प्रथम वर्षको आन्तरिक परीक्षा भइरहेका बेला परीक्षा हलमा प्रवेश गरेर शिक्षकमाथि कुटपिट गर्ने कुवेर जेठारालाई क्याम्पसले निष्कासन गरेको हो ।
स्नातक दोस्रो वर्षमा अध्यनरत जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए ।
कुटपिट गर्ने विद्यार्थीमाथि आवश्यक कारवाही नभए पठनपाठन बन्द गर्ने शिक्षकहरुले निर्णय गरेका थिए ।













प्रतिक्रिया