
काठमाडौँ, ८ पुस । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धालाई रोकेको भन्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।
त्रिविको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै रिट दायर भएको हो ।
त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
गत साउनदेखि लिखित परीक्षाबाट पदपूर्ति गर्नुपर्नेमा त्रिविले परीक्षा स्थगित गर्दै करारमा कर्मचारी राख्न लागेको विरोधमा सर्वोच्चमा रिट निवेदन परेको हो ।












प्रतिक्रिया