१९ कार्तिक २०८३, बिहिबार

करिब ५ किलो चाँदीका गहनासहित पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुपन्देही, ८ पुस । कोटहीमाई गाउँपालिका–५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहनासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका–६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँ बस्ने २४ वर्षीय अनिल बर्मा रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ५१५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई अवैध रुपमा ल्याएको उक्त परिमाणको चाँदीका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद गहनासहित उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।