
बर्दिया (मधुवन), ८ पुस । मधुवन नगरपालिका ६ नं वडा कार्यालयले निलसागर सेवा आश्रमका असहाय वृद्ध आमाहरुलाई खाद्यान्न र सिरक डसना सहयोग गरेको छ ।
आश्रममा बस्ने वृद्ध आमाहरुलाई जाडोको समयमा सहज होस भनेर खाद्यान्न र सिरक डसना सहयोग गरेको मधुवन नगरपालिका–६ का वडाध्यक्ष भक्तबहादुर सुनारले बताए ।

खाद्यान्न र सिरक डसना हस्तान्तरण गर्दै वडाध्यक्ष सुनारले असहाय वृद्ध आमाहरुको दयनीय अवस्था देखर निलसागर सेवा आश्रमको समन्वयमा सहयोग गरेको बताए । उनले करिब ५० हजारको बजेट विनियोजन गरेर २५ किलोग्रामका २० बोरा चामल र १० जोर सिरक डसना सहयोग गरेको उनको भनाइ छ ।
उनले जनतालाई प्रत्यक्ष र दीर्घकालीन फाईदा हुने किसिमका कार्यक्रमहरुको आयोजना गरीरहेको बताए ।















प्रतिक्रिया