१ कार्तिक २०८३, आइतबार

कारवाओ कपको सेमिफाइनलमा पुगे चेल्सी र टोटेनहम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात् कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

चेल्सीले घरेलु टोली ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । चेल्सीको अन्तिम चारको यात्रामा जर्गिन्होले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार पाएको थियो ।

घरेलु टोलीलाई दवावमा राखे पनि चेल्सीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८०औं मिनेटमा पोन्टस जान्ससनले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता लिएको थियो । ८५औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

अर्को खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । टोटेनहमको जितमा स्टेभन वर्गवाइन र लुकास मौउराले गोल गरे । वेस्टह्यामका जरोड वोवेनले एक गोल फर्काए ।

टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको खेलको २९औं मिनेटमा स्टेभनको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले पिएरे इमिल होज्वजर्गको पासमा गोल गरेका थिए ।

३२औं मिनेटमा जारोड वोवेनले निकोला भ्लासिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा लुकास मौउराले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।