३ कार्तिक २०८३, मंगलबार

मलेसियामा बाढी आउँदा १७ जनाको मृत्यु, ७० हजार जना विस्थापित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया, ८ पुस । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।

हिजो मंगलबार ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको मलेसियाका उद्धारसम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

मलेसियाका सात वटा राज्यमा बाढीले क्षति पुर्‍याएको छ । बाढीका कारण आधारभूत सेवामा पनि क्षति पुगेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।