९ कार्तिक २०८३, सोमबार

अर्थमन्त्रीका स्वकीय सचिव हर्कबहादुर माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।

मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् । नेम्वाङले १६९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी मेन्याङ्बोले ६४ मत पाए । विजयी नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

त्यस्तै तीनजना उपाध्यक्षमा १२० मतका साथ देवान चाम्लिङ, ११३ मतका साथ शिवकुमार डाँगी र १११ मणिकुमार साम्पाङ विजयी भएका छन् ।

एक जना सचिवमा १४८ मत प्राप्त गरेर गणेश उप्रेती (सुशील) विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए । त्यसैगरी ३ जना सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराँती विजयी भएका छन् ।

कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् ।