आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

ओमिक्रोन एक महिनामै फैलियो १०६ मुलुकमा

दैनिक नेपाल २०७८ पुष ७ गते १६:३०

काठमाडौँ, ७ पुस । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरियन्ट आमिक्रोन १०६ मुलुकमा फैलिसकेको जनाएको छ ।

मंगलबार डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म १०६ मुलुकमा ओमिक्रोन फैलिसकेको जनाएको छ ।

हालसम्म डेल्टा भेरियन्ट नै प्रमुख रुपमा देखिए पनि सजग हुन संगठनले आह्वान गरेको छ ।

‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित