१९ कार्तिक २०८३, बिहिबार

होष्टेलमा बालकको लिङ्ग बाँधेर यातना दिने वार्डेन पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, ७ पुस । बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएको भन्ने घटना सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात् नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।