९ कार्तिक २०८३, सोमबार

अनाथालयलाई ‘चुरीफुरी’ को सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । आउँदो शुक्रबार अर्थात् ९ पुसबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘चुरीफुरी’ ले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

निर्देशक ऋषिराज आचार्यले आफूहरु सोमबार म्हेपीमास्थित पीएम नेपाल नामक अनाथालय पुगी त्यहाँ आश्रित बालबालिकालाई खाना खुवाउनाका साथै जाडोका लागि आवश्यक न्यानो लत्ताकपडा वितरण गरिएको बताएका छन् । उनीहरूले अनाथालयमा आश्रित बालबालिकाका लागि एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिएका छन् ।

जिम्मेवार नागरिकको सामाजिक दायित्वअन्तर्गत आफूले दिल गोदारको साथमा ‘चुरीफुरी’ को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेको उनले बताए । सहयोग वितरण कार्यक्रममा निर्देशक आचार्यसहित ‘चुरीफुरी’ का कलाकार उपस्थिति थिए ।

शुक्रबारदेखि एकल प्रदर्शनमा उत्रने तयारीमा रहेको चलचित्रले अहिले प्रचारप्रशारलाई तीव्रता दिएको छ । चलचित्रको गीत तथा ट्रेलर दर्शकले मन पराइरहेकाले चलचित्र पनि दर्शकको रोजाइमा पर्ने विश्वास निर्माण पक्षको छ ।