काठमाडौं, ७ पुस । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । ‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवतीबीचको रोमान्सलाई गीतमा समेटिएको छ ।

यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ ।
त्यस्तै ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन, श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् ।

















प्रतिक्रिया