आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

ओमिक्रोन भेरियन्टसँग जुध्न अमेरिकाले खरीद गर्‍यो ५० करोड परीक्षण कीट

दैनिक नेपाल २०७८ पुष ७ गते ८:३३

वाशिङ्टन, ७ पुस । तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेशन भेरियन्ट ओमिक्रोनसँग जुध्नका लागि शक्तिशाली मुलुक अमेरिकाले ५० करोट परीक्षण कीट खरीद गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टको फैलावटसँग जुध्नका लागि ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाएका छन् ।

मङ्गलबार गरिएको सम्बोधनका क्रममा उनले उनले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताएका छन् । लकडाउनबारे भने अहिले नै नसोचिएको उनको भनाइ छ ।

ु‘यो सन् २०२० को मार्च महिना होइन,’ उनले भने, ‘हामी तयार छौँ । हामीलाई बढी थाहा छ ।’ हाल अमेरिकामा ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलदै गएको छ ।

पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरियन्ट पाइएको समाचारहरूमा जनाइएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित