
काठमाडौं, ७ पुस । सरकारले साफ च्याम्पियनशीपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका २३ जना खेलाडीलाई जनही ५ लाख र ३ जना प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनशीपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । नेपालले साफ च्याम्पियनशीपमा पहिलो पटक फाइनल खेलेको थियो ।
सम्मानपछि प्रधानमन्त्री देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल च्याम्पियनशीपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनल र एक पटक फाइनल पुगेको छ ।
सम्मान प्राप्त गर्ने खेलाडीहरूमा किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा छन् ।
त्यसैगरी सम्मान प्राप्त गर्ने प्रशिक्षकत्रयमा प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, प्रशिक्षक किरण श्रेष्ठ र विकास मल्ल छन् । विकास मल्ल गोलरक्षक प्रशिक्षक हुन् ।















प्रतिक्रिया