९ कार्तिक २०८३, सोमबार

विदेशी विश्वविद्यालयबाट अनुमति प्राप्त शिक्षण संस्थाको निरीक्षण गर्न समिति गठन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको अनुमति पाएका शिक्षण संस्थाको निरीक्षण गर्न एउटा समिति गठन गरेको छ ।

विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धन पाएका शिक्षण संस्थाहरूको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी सो समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकबाट अनुगमनका लागि ५ सदस्य समितिसमेत गठन गरिएको हो । समितिले उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।