१९ कार्तिक २०८३, बिहिबार

एमाले लमजुङको प्रचार–प्रसार उपसमिति संयोजकमा वरिष्ठ पत्रकार कृष्ण केसी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । नेकपा एमाले जिल्ला संगठन कमिटीको प्रचार–प्रसार उपसमितिको संयोजकमा वरिष्ठ पत्रकार कृष्ण केसी तोकिएका छन् ।

शनिबारको बैठकले केसीलाई प्रचार–प्रसार उपसमितिको संयोजकको जिम्मेवारी तोकेको हो । विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका के.सी नेपाल पत्रकार महासंघको २ कार्यकाल अध्यक्ष, प्रेस चौतारीको केन्द्रीय सदस्य समेत रहेका थिए ।

हाल बेंसीशहर नगरपालिकाको प्रेस सल्लाहकार समेत रहेका के.सी. लमजुङ दर्पण दैनिक र रेडियो चौतारीसंग आवद्ध रहेका छन् ।

त्यसैगरी प्रचार–प्रसार उपसमितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं प्रेस चौतारीका केन्द्रीय सदस्य किसान संगित नेपाली, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं प्रेस चौतारीका केन्द्रीय सदस्य आश गुरुङ, प्रेस चौतारी लमजुङका अध्यक्ष डिवि मजाकोटी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुज अधिकारी, फोनिज लमजुङका पूर्व अध्यक्ष कृष्णबहादुर आले, राष्ट्रिय दलित पत्रकार संघ लमजुङका अध्यक्ष सरोज विक, रेडियो चौतारीका स्टेशन प्रमुख एवं संचारिकका समूहकी सचिव बेलिना थापा र फोनिज लमजुङका कोषाध्यक्ष सुरज गुरुङ रहेका छन् ।

प्रचार–प्रसार उपसमितिले जिल्ला अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न प्रचार–प्रसारका काममा सहयोग गर्ने जिम्मेवारी तोकिएको संयोजक कृष्ण के.सी.ले जानकारी दिए ।