
काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा अर्बपति विनोद चौधरी निर्वाचित भएका छन् ।
चौधरी मधेसी आरक्षण कोटामा निर्वाचित भएका हुन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उनीसँगै ५ जना नेताहरु निर्वाचित भएका हुन् ।
मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् ।
त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।












प्रतिक्रिया