१९ कार्तिक २०८३, बिहिबार

काठमाडौं माेडेल कलेजको होस्टल बसेका विद्यार्थीको मृत्यु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ६ पुस । काठमाडौंको काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउँदा बेहोस भएका कक्षा ११ मा पढ्ने १८ वर्षीय सुशिल सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहनी धेरै बेरसम्म बाथरूमबाट ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

काठमाडौं मोडल अस्पतालमा आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाेस्टेलका लापरबाहीले सहनी मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।