९ कार्तिक २०८३, सोमबार

एमसीसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ : मन्त्री श्रेष्ठ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् ।

तनहुँमा हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठलेएमसिसी परियोजनमा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताएका छन् । एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ छ ।