१९ कार्तिक २०८३, बिहिबार

बेलायतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयाेग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । बेलायतले नेपाली सेनालाई सहयोग स्वरुप अटोमेटेड पीसीआर मेशिन, अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान गरेको छ ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि बेलायती सैनिक सहचारी कोलोनल पाउल थोमस स्मिथले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महा सेनानी डा. मुन थापालाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा नेपाली सेनाका अधिकृतलगायत बेलायत राजदूतावासका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।