९ कार्तिक २०८३, सोमबार

राइजिङ स्टार कल्चरको वार्षिकोत्सवमा स्रष्टालाई सम्मान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । राइजिङ स्टार कल्चर ग्रुप, चन्द्रागिरीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विभिन्न स्रष्टालाई सम्मान गरेको छ ।

हिजो शनिबार आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार, चलचित्र, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको हो ।

केटीएम जाम डान्स ब्याटलका बिजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा वरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित उत्कृष्ट चलचित्र पत्रकार सम्मानबाट सम्मानित भएका छन् ।

विगत दुई दशकदेखि अनवरत रूपमा पत्रकारितामा समर्पित सुवेदीलगायत सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमकी प्रमुख अथिति बाग्मति प्रदेशकी समाजिक विकासमन्त्री कुमारी मोक्तान, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लीसा नकर्मी, चन्द्रागिरी नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भुकुमार केसी, बाग्मति प्रदेश सदस्य रमा आलेमगर, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विक्रम तामाङलगायतले सम्मानपत्र तथा खादा ओढाएर सम्मान प्रकट गरेका थिए ।

कार्यक्रममा चलचित्र निर्देशक मधुसुदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान, विद्या तिवारीलाई उत्कृष्ट गायिका, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र विकास चापागाईँलाई उत्कृष्ट कलाकार सम्मान तथा काजीमान श्रेष्ठ र बीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अथिति मन्त्री मोक्तानले स्रष्टाहरूको सम्मान गर्ने परम्पराले सम्बन्धित क्षेत्रको विकास, सम्बद्र्धन र उत्थानमा टेवा पुर्याउने विचार वयक्त गर्दै केटीएम ब्याटलका बिजेतालाई शुभकामना व्यक्त गरिन् । त्यसैगरी, कार्यक्रम आयोजक राइजिङ स्टार कल्चर गु्रपका संस्थापक तथा निर्माणाधीन चलचित्र ‘हामी तीन भाइ’ का प्रस्तुतकर्ता साजीत महतले सञ्चारकर्म, चलचित्र, कलासंस्कृति तथा खेलकुदको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

उनले आफ्नो कल्चरले नेपाली कलासंस्कृतिको जगेर्नाका लागि हरेक वर्ष स्रष्टाहरूको सम्मानार्थ कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष तामाङले आफूहरू सदैव नेपाली कलासंस्कृतिको उन्नतीमा कटिबद्ध रहेको औल्याए ।