१ कार्तिक २०८३, आइतबार

सत्तारुढ दलको बैठकपछि सर्वदलीय बैठक सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । सत्तारुढ गठबन्धनको बैठक सकिएसँगै सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहभागी नहुन स्पष्ट पारिसकेको छ ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना पारित गर्न डाकिएको सर्वदलीय बैठकमा एमालेको अनुपस्थित भएपछि ठोस निष्कर्ष ननिस्कने देखिएको छ ।