२ कार्तिक २०८३, सोमबार

‘साहित्यमा दृष्टिकोण’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । साहित्य सन्ध्याको नियमित कविगोष्ठीको ४२३औँ शृङ्खला हिजो शनिबार सम्पन्न भएको छ ।

शनिबार दिउँसो जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरिएको साहित्य सन्ध्याले जनाएको छ । कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्न नसकिएको यो श्रृङ्खला अझै पनि जुम एमबाटै भइरहेको बताइएको छ ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय उपस्थित थिए ।

त्यस्तै विशेष अतिथिमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, डा.रमेश शुभेच्छु, वयोवृद्ध स्रष्टा बेनीबहादुर थापा, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका सल्लाहकार प्रा.डा.बद्रीविशाल पोखरेल, ऐरावती प्रकाशनका अध्यक्ष एवम् साहित्यकार रामदेव पाण्डेय, अग्रज स्रष्टाहरू डिल्लीराज अर्याल र तारक धिताल, डा.सावित्री श्रेष्ठ, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य उपस्थित थिए ।

साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्रा.जगतप्रसाद उपाध्यायले ‘साहित्यमा दृष्टिकोण’ विषयमा विशद चर्चा गर्दै ४२३औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन गरेको साहित्य सन्ध्या नेपालका प्रगतिशील स्रष्टाको शिक्षालय भएको बताए । यसले धेरै स्रष्टा जन्माएको मात्र छैन स्थापितसमेत गरेको हुँदा आफैँमा इतिहास नै बनेको उनको चनाइ छ ।

गोष्ठीमा तारा गाउँले, बेनीबहादुर थापा, डम्बर पहाडी, गोपालकुमार मैनाली, महेशराज खरेल, डिल्लीराज अर्याल, खेमराज निरौला, रामदेव पाण्डेय, खगेन्द्र दाहाल, दिव्यलक्ष्मी पोखरेल, विन्दु अधिकारी, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, तारक धिताल, विधान आचार्य, डा.भीम खतिवडा, स्नेह सायमि, गीता सापकोटा, दुर्गा नेपाली मोरङ, गोमा कटुवाल सङ्खुवासभा, गणेश मार्मिक घिमिरे, यशोदाकुमारी दाहाल इलाम र राम विनयले आ–आफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गरेका थिए ।

वाचित सिर्जनामाथि डा.रमेश शुभेचछुले टिप्पणी गरेका थिए ।