आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

साफ यू–१९ महिला च्याम्पियनशीप : नेपालले आज भारतसँग खेल्दै

कति छ फाइनल पुग्ने सम्भावन ?

दैनिक नेपाल २०७८ पुष ४ गते ११:१४

काठमाडौं, ४ पुस । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनशीप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज आइतबार भारतसँग खेल्दै छ ।

ढाकामा नेपाली समयअनुसार अपरान्ह ३ बजे शुरू हुने खेलमा नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्ने छ । तीन वटा खेलबाट ७ अंक जोडेको नेपाल समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा पछाडि पार्दै शीर्षस्थानमा छ ।

भारत ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । लिग चरणपछि तालिकाका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

आज आइतबार हुने अर्को खेलमा बंगलादेशले श्रीलंकासँग खेल्ने छ । यो खेलमा बंगलादेशसँग पराजित भएमा नेपाल यदि भारतसँग हारे पनि फाइनल पुग्न सक्ने छ । तर त्यो अवस्थामा गोलअन्तर हेर्नुपर्ने हुन्छ । बंगलादेश साविक विजेता र नेपाल साविक उपविजेता हो ।

प्रतिक्रिया
सम्बन्धित