२ कार्तिक २०८३, सोमबार

‘किन होला बैमानी’मा पूजा शर्मा र आकाशको रोमान्स (भिडियोसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द, हरि लम्सालको संगीत, उदयराज पौडेलको संगीत संयोजन, चन्द्र चौधरीको मिक्सिङ, अस्मिता अधिकारी र निशान भट्टराईको आवाजमा निकै नै मिठो गीत ‘किन होला बैमानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा चर्चित अनुहारहरु नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, नायक पुष्प खड्का, मोडल गरिमा शर्मा, मोडल सुरज श्रेष्ठ, मोडल कबिता श्रेष्ठलगायतको दमदार नृत्यसहित अभिनय समावेश छ ।

भिडियोमा निर्देशन तथा नृत्य निर्देशन शिव बिक, छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, सम्पादन बिष्णु खड्काको छ । गीतको भिडियोमा लगानी दुर्गा धिमालको रहेको छ ।