
काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।
संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । बैठकमा एमसीसी पारितलगायत विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।
यसैबीच एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टी प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजाने बताएका छन् ।
प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरेको टेलिफोनबाट जानकारी आएको भए पनि एजेन्डाबारे स्पष्ट नभएकाले बैठकमा सहभागी नहुने उनको भनाइ छ । एमसीसीबारे स्वयम् सत्ता गठबन्धनभित्र पनि मतभेद कायम छ ।















प्रतिक्रिया