३ कार्तिक २०८३, मंगलबार

मलेसियामा सडक दुर्घटनामा परी दश जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया, ३ पुस । मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किएको थियो । रााति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।

दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए पनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका छन् ।

बालबालिकामा पाँच बालक र तीन बालिका रहेका खामिसले बताएको समाचारहरूमा जनाइएको छ ।