१० कार्तिक २०८३, मंगलबार

हिन्दु महासंघकी महासचिव भण्डारी पदमुक्त

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले महासचिव अस्मिता भण्डारीलाई पदमुक्त गरेका छन् ।

मंसिर २४, २५ र २६ गतेका लागि काठमाडौंमा आयोजना भएको महासंघको महासम्मेलनमा अध्यक्षको निर्वाचन प्रक्रियामा विवाद सृजना भएको थियो । निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि २५ गते राति महासम्मेलनको महासभा रोकिएको थियो ।

अध्यक्षका प्रत्याशी उम्मेदवारको रूपमा किशोरकुमार गौतम व्यासाचार्य र महासचिव अस्मिताले उम्मेदवारी दिएकी थिइन् । महासभा रोकिए पनि आफ्ना पक्षधरको आडमा एकलौटी रूपमा भण्डारीले आफूलाई आफूखुशी कार्यवाहक अध्यक्ष घोषणा गराएकी थिइन् ।

अध्यक्षको निर्वाचन रोकिएपछि भण्डारीले आफूलाई आफूखुशी अध्यक्ष घोषणा गराउने, अर्का अध्यक्षका उम्मेदवार किशोरकुमार गौतम पक्ष, आफू (चक्रबन्धु), र कार्यकारिणी समितिका मुख्य पदाधिकारी एवं सदस्यहरू, महासभाका अधिकांश प्रतिनिधिहरू र अन्य सरोकारवालाको सहमति नलिई तथा जानकारी नै नगराई महासंघको कार्यालयलाई अवैधानिक ढङ्गले नियन्त्रणमा लिइ एकलौटी कब्जा गर्ने, अनाधिकृत प्रचारबाजी गर्ने, कार्यालय, संस्थाको लेटरहेड, छापको दुरुपयोग गरी अनाधिकारिक समाचार संप्रेषण गराउने, अर्का अध्यक्षका उम्मेदवार किशोरकुमार गौतमको बारेमा मानमर्दन हुनेगरी अवाञ्छित अफवाह फैलाउने दुष्साहस जस्ता महासंघको उद्देश्य एवं हितविपरित काम गरेकोले उनलाई पदमुक्त गरिएको हो ।

विश्व हिन्दु महासंघको विधान २०६३ (संशोधन सहित) को अनुच्छेद २० को दफा ३ र ६ बमोजिम महासचिवबाट पदमुक्त गरेको व्यहोरा श्री पाँचको सरकारको पूर्व रक्षासचिवसमेत रहेका महासंघका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोधार्थ गराएको कारवाही पत्रमा उल्लेख गरिएको छ ।