२ कार्तिक २०८३, सोमबार

युवा खेलाडीको आमा–छोराको कथामा ‘नचिनएका मान्छे’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । दुःख र भोगाई शहरले दिएको उपहार मात्र हाइन जीवन बुझाईसँगै जीउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो ।

यही मैदानभित्रको एक युवा खेलाडी र आमाको कथामा ‘नचिनेको मान्छे’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज शिवाकोटीको सङ्गीत संयोजन रहेर गीतमा समावेश गरिएको छ ।

सार्वजनिक उक्त भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् ।

पबन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादनभने सिद्धान्त मगरको रहेको छ ।

यस भिडियोमा आमा छोराको माया र सदभाव दर्शाइएको छ, जुन बसको सिट मुनी चप्पल लगाएको एकजोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ ।

यस्तै आमा भर्याङमा बसेकी छन । छोराले आमाको लागि नयाँ चप्पल किनेर ल्याइदिएको हुन्छ । आमालाई नयाँ चप्पल देखाउँछ र साईज नाप्छ, लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन ।

https://youtu.be/ZdUq7nojVvE