१० कार्तिक २०८३, मंगलबार

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि शुरू हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना शुरू हुने भएको छ ।

मतगणना आज शनिबार बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भइसकेको छ ।

हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए ।