
काठमाडौं, ३ पुस । भारतको पलियामा बस दुर्घटना हुँदा एक जना नेपाली बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो ।
दुर्घटनमा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका चार वर्षीय बालक विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ भने अन्य पाँच जना घाइते छन् ।
घाइतेको भारतकै अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।















प्रतिक्रिया